हालै सम्पन्न निर्वाचनको समीक्षा सुरु: निर्वाचन आयोग

काठमाडाैं | पुस १४, २०७९

हालै सम्पन्न निर्वाचनको समीक्षा सुरु: निर्वाचन आयोग

काठमाडौँ:  निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । प्रदेश र जिल्लास्तरीय समीक्षाअघि आयोगले आन्तरिक समीक्षा सुरु गरेको हो । 


आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विगतमा देखिएका त्रुटि सुधार्दै अपनाउनुपर्ने अन्य उपायबारे आन्तरिक समीक्षा भइरहेको जानकारी दिनुभयो । भक्तपुरको नगरकोटमा दुई दिनसम्म चल्ने समीक्षामा आयोग मातहतका सातवटा महाशाखा तथा शाखाले अलग–अलग कार्यपत्र प्रस्तुत गरेपछि छलफल हुने उहाँले बताउनुभयो । समीक्षाको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कमीकमजोरी राम्ररी केलाउन र  विगतमा देखिएका त्रुटि सुधार गर्न वस्तुनिष्ठ विश्लेषण गर्न निर्देशन दिनुभयो । उहाँले विगतको समीक्षाबाट आएका निष्कर्षको के कति कार्यान्वयन भयो र आगामी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन समीक्षा केन्द्रित हुनुपर्ने बताउनुभयो । 


सहायक प्रवक्ता अर्यालका अनुसार निर्वाचन सामग्रीको मितव्यायी उपयोग र व्यवस्थापन हुन सक्ने सामग्रीको स्थानीयस्तरमै खरिद गर्ने, कर्मचारी परिचालनलगायतका विषयमा समीक्षा हुने बताउनुभयो । 


उक्त कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, सहसचिवसहित शाखा प्रमुखहरूको सहभागिता छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्