हालै सम्पन्न निर्वाचनको समीक्षा सुरु: निर्वाचन आयोग

काठमाडाैं | पुस १४, २०७९

हालै सम्पन्न निर्वाचनको समीक्षा सुरु: निर्वाचन आयोग

काठमाडौँ:  निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । प्रदेश र जिल्लास्तरीय समीक्षाअघि आयोगले आन्तरिक समीक्षा सुरु गरेको हो । 


आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विगतमा देखिएका त्रुटि सुधार्दै अपनाउनुपर्ने अन्य उपायबारे आन्तरिक समीक्षा भइरहेको जानकारी दिनुभयो । भक्तपुरको नगरकोटमा दुई दिनसम्म चल्ने समीक्षामा आयोग मातहतका सातवटा महाशाखा तथा शाखाले अलग–अलग कार्यपत्र प्रस्तुत गरेपछि छलफल हुने उहाँले बताउनुभयो । समीक्षाको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कमीकमजोरी राम्ररी केलाउन र  विगतमा देखिएका त्रुटि सुधार गर्न वस्तुनिष्ठ विश्लेषण गर्न निर्देशन दिनुभयो । उहाँले विगतको समीक्षाबाट आएका निष्कर्षको के कति कार्यान्वयन भयो र आगामी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन समीक्षा केन्द्रित हुनुपर्ने बताउनुभयो । 


सहायक प्रवक्ता अर्यालका अनुसार निर्वाचन सामग्रीको मितव्यायी उपयोग र व्यवस्थापन हुन सक्ने सामग्रीको स्थानीयस्तरमै खरिद गर्ने, कर्मचारी परिचालनलगायतका विषयमा समीक्षा हुने बताउनुभयो । 


उक्त कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, सहसचिवसहित शाखा प्रमुखहरूको सहभागिता छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्